२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका प्रतिनिधीसभा सदस्य तथा केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उनलाई टिका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए । जोशी सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता पनि हुन् ।
उनी पहिले माधव नेपाल एमालेमा रहँदा माधव नेपालसँगै रहेका थिए । तर पछि माधव नेपालले अलग पार्टी गठन गरेपछि उनी भीम रावल लगायत नेताहरुसँगै एमालेमै रहेका थिए । तर उनले एमालेमा ब्यीक्तवाद हावी भएकोले आफु नेकपा एकीकृत समाजवादीमा आएका वताएका छन् ।


उनलाई नेकपा एसले पार्टीको स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी दिने भएको छ । अध्यक्ष माधव नेपालले उनलाई पार्टी प्रवेश गराउँदै आजै बस्ने स्थायी कमिटि बैठकले स्थायी कमिटि सदस्यको जिम्मेवारी दिने सुनाएका थिए ।