२९ फाल्गुन २०८२, शुक्रबार
मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।
माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाका अनुसार शीर्ष नेताहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम दिन सक्नेछन् ।

