आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मन्त्रीहरुको शपथ ४ बजे

होमल्याण्ड खबर

२०७८ आश्विन २२ गते, शुक्रबार ११:४६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

लामो समय देखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेको सत्ता गठबन्धनले अन्ततः बिहीबार मन्त्रालय भागबन्डामा सहमति जुटाएपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन।

नवनियुक्त मन्त्रीहरुले आज अपराह्न ४ बजे राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिने भएका छन ।

कस्ले कति मन्त्रालय पाउने ?

सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ ।

माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ ।