जसपाले चार मन्त्री छान्यो, को-को बन्दैछन् ?

होमल्याण्ड खबर

२०७८ आश्विन २२ गते, शुक्रबार १३:२४ मा प्रकाशित

जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गरेको छ ।

जसपा स्रोतका अनुसार प्रदेश २ बाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन् ।

प्रदेश नम्बर २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इस्तियाक राई मध्ये एक मन्त्री हुने सम्भावना छ ।महिलाबाट रेणु यादव वा अमृता अग्रहरी भनिएको छ । यद्यपि रेणुको सम्भावना बढी छ ।

पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ ।अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शुक्रबार बिहान मन्त्रीहरूको नाम तय गरेका हुन् ।

पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने भन्नेमा मन्त्री चयनका क्रममा नेताहरूबीच सहमति जुटाउन समय लागेको ती नेताले जानकारी दिए ।