कांग्रेसले थप मन्त्रीको नाम टुंग्यायो : मिनेन्द्रलाई रक्षा, कानुन दिलेन्द्रलाई

होमल्याण्ड खबर

२०७८ आश्विन २२ गते, शुक्रबार १५:०५ मा प्रकाशित

सरकारमा कांग्रेसबाट थपिने मन्त्रीहरुको टुंगो लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको छ ।

देउवाले कानुनमन्त्री रहेका कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।यसअघि कांग्रेसबाट बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।