म फेरि महासचिवमा दोहोरिन्न : ईश्वर पोखरेल

होमल्याण्ड खबर

२०७८ आश्विन २४ गते, आईतवार १२:०६ मा प्रकाशित

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू फेरि एमाले महासचिवमा नदोहोरिने बताएका छन् । आइतबार पोखरेलले सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि नदोहोरिने बताएका हुन् ।

‘म दुईपटक एमालेको महासचिव भइसकेँ, तपाईंहरुलाई स्पष्ट भन्छु–अब म महासचिवमा दोहोरिन्न’, पोखरेलको भनाइ छ । उनले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पारे ।

महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने रु भनेर गरेको प्रश्नमा स्पष्ट पार्न भने चाहेनन् । पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गरे ।

नेकपा एमालेले आगामी मङ्सिरमा नेतृत्व चयनका लागि दसौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । फरक प्रसङ्गमा पोखरेलले अहिले देशमा दुईवटा राजनीतिक पोल रहेको भन्दै एउटा पोलको नेतृत्व नेकपा एमालेले गरेको बताए ।