प्रतिनिधि सभाको अर्को बैठक कात्तिक ९ गते बस्‍ने

होमल्याण्ड खबर

२०७८ आश्विन २५ गते, सोमबार १५:०० मा प्रकाशित

प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गते बस्‍ने भएको छ। सोमबार बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सूचीबारे जानकारी गराएका थिए।

अब प्रतिनिधि सभाको आगामी बैठक आगाकी कात्तिक ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद्‌ अवरोधकाबीच सभामुख सापकोटाले मन्त्रीहरुको नियुक्तिबारे जानकारी गराएका थिए। त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले मधेसी आयोगको वार्षिक प्रतिवेदन संसद्‌मा पेश गरेका थिए।

संसद्को चालु अधिवेशन सुरु भएदेखि नै सदन अवरुद्ध गर्दै आएको का एमालेले आज सोमबार पनि विरोध कायम राखेको हो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए।