नेपाली कांग्रेसका नेता रामनाथ अधिकारीकाे आमाकाे निधन प्रति प्रधानमन्त्री एंव सभापति देउवाद्वारा समवेदना प्रकट

होमल्याण्ड खबर

२०७८ कार्तिक ३ गते, बुधबार ११:१८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाले धादिङका पुर्व सभापति एंव पुर्व सांसद रामनाथ अधिकारीकी माता टिकादेवी अधिकारीकाे निधन प्रति समवेदना प्रकट गरेका छन् ।

समवेदना व्यक्त गर्दै उनले उक्त निधनबाट आफू अत्यन्त दुखि भएको बताएका छन् ।

पार्टीको तर्फबाट शाेक वक्तव्य निकाल्दै नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्व गुमाएकाे उल्लेख गरिएकाे छ ।

अधिकारीलाई समवेदना प्रकट गर्नकै लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला हिजाे धादिङ पुगेका थिए । उनीहरू समवेदना दिन अधिकारीको घर नीलकण्ठ-७ तल्लोबेसी पुगेका हुन् ।

अधिकारीका आमा टिकादेवी अधिकारीको ८२ बर्षको उमेरमा असोज २८ गते निधन भएको थियो ।
उनकाे छाेरा रामनाथ अधिकारी बुहारी मिना अधिकारी, छाेरीहरू तारादेवी काेइराला,बाल कुमारी रिजाल,राधादेवी रिजाल र सीता दुवाडी छन् भने नातिहरू प्रकाश अधिकारी नातिनी बुहारी उषा घिमिरे, पुरूषाेतम अधिकारी, नातिनी बुहारी संगिता, विजय अधिकारी , विशाल अधिकारी र उनकाे एक पनाती प्रयुस अधिकारी रहेका छन् ।