नेपालले त्रिकोणात्मक सिरिज खेल्दै

होमल्याण्ड खबर

२०७५ श्रावण १३ गते, आईतवार ०५:३४ मा प्रकाशित

नेपालले नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । क्रिकेटको घर लर्ड्समा नेपालले सिरिज खेल्न लागेको हो ।
क्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा क्रिकेटकै पुरानो क्लब मेलर्बोन क्रिकेट क्लब (एमसीसी) सँग बेलुकी ६ बजे प्रतिस्पर्धा गर्नेछ । त्रिकोणात्मक सिरिजको पहिलो खेल एमसीसी र नेदरल्यान्ड्सको भने २ बजेर ४५ मिनेटमा हुनेछ ।
नेपाल र नेदरल्यान्डस्ले सिरिजको अन्तिम खेल १० बजेर १५ मिनेटमा खेल्नेछ । नेपाली क्रिकेट टिम त्रिकोणात्मक सिरिज जित्ने लक्ष्यमा रहेको छ ।

इंग्ल्यान्ड टुरमा रहेको नेपाली क्रिकेट टिमले त्रिकोणात्मक सिरिजलाई लक्षित गर्दै ४ आभ्यास खेल खेलेको थियो । जसमा २ टि–ट्वान्टी र २ एक दिवसीय फम्र्याटको अभ्यास खेल खेलेको थियो । जसमा ३ खेलमा जित र एक खेलमा पराजित भएको थियो ।
नेपालले नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक सिरिज खेलिसकेपछि नेदरल्यान्डसँग उसैको भूमिमा २ खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्यान्ड्सको लागि ऐतिहासिक सिरिज मानिएको खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् ।
साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्रा्ष्ट्रिय सिरिज खेल्न लागेको हो ।
नेपाली क्रिकेट टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी पनि टिममा छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।