३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् ।
बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र अग्नि खरेललगायत छन् । एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा १२ बजे आयोजना गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली काठमाडौँबाट यती एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।


ओलीले आफ्ना बुबालाई पनि भेट्ने छन्। भोलि गौरीगञ्जमा क्षेत्र नं. ५ को कार्यक्रममा सम्बोधन गरेर उनी विराटनगर जाने छन् । एक रात विराटनगरमै बसेर ओली पर्सि मात्रै काठमाडौं फर्कने बताइएको छ ।