प्रदेश १ को आजको बैठक रोक्न कांग्रेस र एमालेको माग

होमल्याण्ड खबर

२०७८ कार्तिक ७ गते, आईतवार १३:२७ मा प्रकाशित

नेपाली कांग्रेस र एमालेले आज (आइतबार) बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन् । बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएको छ। तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्।

त्यस्तै नेकपा एमालेले विभिन्‍न मितिमा रहेको स्थानीय तह अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रहेकाले १५ कात्तिकसम्मका लागि सभा बैठक रोक्नका लागि लिखित पब पेश गरेको छ ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दै छ ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले  प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको  बताए ।