३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेस धादिङका पुर्व सभापति एंव पुर्व सांसद रामनाथ अधिकारीकी माता टिकादेवी अधिकारीकाे निधन प्रति समवेदना प्रकट गर्नका लागि कांग्रेसका दर्जनौं नेताहरू धादिङ पुगेका छन् ।
आइतबार नेता अधिकारी निवास नीलकण्ठ-७ तल्लोबेसी कांग्रेस नेता शेखर कोइराला सहितका नेताहरु पुगेका हुन् ।
आमाको निधनपछि काजकिरियामा रहेका नेता रामनाथ अधिकारी सँगको भेटपछि प्रेस युनियन धादिङले अधिकारी निवासम गरेको पत्रकार सम्मेलनमा बाेल्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् ।


कोइरालाले पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको भन्दै तत्काल क्रियाशील सदस्यताको समस्या समाधानमा पार्टी नेतृत्व लाग्न नसकेकाे समेत बताए । कोइरालाले पार्टी नेतृत्वमा महाधिवेशनको टुङ्गो लगाउने इच्छाशक्ति नदेखिएको आरोप लगाए ।
यता केन्द्रीय सदस्य गगन थापाले महाधिवेशनअघि नेपालमा कुनै निर्वाचनको संभावना नरहेको बताएका छन्।
१३ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले निर्वाचनमा दल दर्ता गर्नै नपाइने भएकोले पनि १४ औँ महाधिवेशन अघि देशमा कुनै निर्वाचनको संभावना नरहेको स्पष्ट पारेका हुन् ।
समवेदना प्रकट गर्न नेता डा.शेखर कोइराला, डा .चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे कांग्रेस जिल्ला सभापतिहरू सभापति अमरसिंह पुन-रोल्पा, मधु आचार्य-काभ्रे, जितनारायण श्रेष्ठ-चितवन, रमेश धमला- धादिङ, कांग्रेस सिन्धुलीका पुर्वसभापति मोहन बराल, चितवन कांग्रेसका पुर्वसभापति टेकप्रसाद गुरुङ लगायतका नेताहरू धादिङ पुगेका थिए ।

केहीदिन अघि समवेदना दिन वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि धादिङ पुगेका थिए । त्यस्तै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि शाेक वक्तव्य मार्फत समवेदना प्रकट गरेका थिए ।
अधिकारीका आमा टिकादेवी अधिकारीको ८२ बर्षको उमेरमा असोज २८ गते निधन भएको थियो ।