३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सुदूरपश्चिम र प्रदेश–१ का बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले आज मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।


आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिनेछ । यसअघि प्रधानमन्त्री देउवाले इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने बताएका थिए । सोही अनुसार आज बैठक बस्न लागेको हो ।
आजको बैठकमा सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफल हुनेछ ।