३० फाल्गुन २०८२, शनिबार
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।
सोमबार बसेको बारको बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो ।


प्रधानन्यायाधीश जबराले नयायपालिकाभित्रै मिलाउन नसकेको र उनको कार्यबाहीबाट सहकर्मीहरु नै असन्तुष्ट बनेपछि राजीनामा मागेको पनि उनले बताए ।
यसैबीच सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबरालाई मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।
आज बसेको सर्वोच्चका १४ न्यायाधीशहरुको बैठकले भोली ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषद्मा भागबण्डा खोजेको आरोप छ । सोही कारण उनी विवादित बनेका छन् ।
तर प्रधानन्यायाधीश जबराले आफूले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको कुरामा कुनै सत्यता नभएको जिकिर गर्दै आएका छन् ।