३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन नै नभएका जिल्लाहरूमा तिहारअघि नै वडा अधिवेशन सम्पन्न गर्ने तयारी थालिएको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भनिएको महाधिवेशन प्रभावित हुने निश्चित भएपनि तल्लो तहको अधिवेशन सुचारु गर्नुपर्नेमा शीर्ष तहमा छलफल थालिएको हो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आइतबार पाँचथर पुगेर ‘महाधिवेशन २-४ दिन यताउयता हुनसक्ने’बताएका थिए ।
१३ जिल्लामा कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन । प्रदेश नम्बर २ का ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तिहारअघि नै बाँकी जिल्लामा वडा अधिवेशन सक्नेगरी कार्यतालिका बनाउन छलफल सुरू गरेको छ । सोमबार बसेको निर्वाचन समितिको बैठकमा तिहारअघि वडा अधिवेशन सक्नेगरी नयाँ कार्यतालिका ल्याउन सहमति जुटेको छ । यद्यपि पार्टीका पदाधिकारीसँगको छलफलपछि मात्रै नयाँ कार्यतालिकाले आकार पाउने छ ।


निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार आज नै शीर्ष नेताहरुसँग परामर्श गरेर नयाँ कार्यतालिका निर्माणको प्रयास भइरहेको छ । ‘अधिवेशन प्रक्रिया सुचारु गर्नेबारे छलफल भएको छ । तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्नेगरी काम थालेका छौं ।