महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

होमल्याण्ड खबर

२०७८ कार्तिक १२ गते, शुक्रबार १७:२३ मा प्रकाशित

नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्‍याएको हो ।

यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीमा नेताहरुले भने संख्या बढाउन माग गरेका थिए ।