३० फाल्गुन २०८२, शनिबार
पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको पेसी तोकेका छन । आजका लागि प्रधानन्यायाधीश राणाले आफूसहितको १२ वटा इजलास तोकेका हुन ।
अन्य न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकेका प्रधानन्यायाधीश जबराले दुई वटा पूर्ण इजलाससमेत तोकेका छन ।


एउटा पूर्ण इजलास उनको एकल छ भने अर्को उनको र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजदास रहेको छ ।
प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु कुमार रेग्मी हरिप्रसाद फुयाल तथा मनोजकुमार शर्माको एकल इजलास तोकेका हुन ।
आजका लागि २४८ मुद्दाको पेसी तोकिएको छ ।
