३० फाल्गुन २०८२, शनिबार
सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारको एक समुहले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारको समुहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन ।
उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए ।


हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको शोभा दिएन, इजलासमा बसेर न्याय देउ लगायत लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो ।