३० फाल्गुन २०८२, शनिबार
सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेका छन। न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मालाई समेटेर वार्ता समिति गठन गरिएको हो। सर्वोच्चका न्यायाधीशहरूबीचको छलफलपछि गठित वार्ता टोली प्रधानन्यायाधीशसँगको वार्ताका लागि उनको च्याम्बरमा पुगेको छ।
प्रधानन्यायाधीशसँगको वार्तापछि फेरि सामूहिक छलफल गरिने बताइएको छ ।


अघिल्लो आइतबारदेखि न्यायाधीशहरूले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन ।