प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले गर्‍यो आज पनि प्रदर्शन

होमल्याण्ड खबर

२०७८ कार्तिक १५ गते, सोमबार ११:५७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन । नेपाल बार एशोसिएसनले हातमा कालोपट्टी बाधेर आइतबारदेखि आन्दोलन थालेको हो। नेपाल बार एशोसियसनको प्राङ्गणमा बारका पदाधिकारी र सदस्यहरुले ब्यानरसहित प्रदर्शन शुरु गरेका छन ।

आइतबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले १७ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन ।