बागमतीका मुख्यमन्त्री पाण्डेले कार्तिक २२ मा विश्वासको मत लिने

होमल्याण्ड खबर

२०७८ कार्तिक १५ गते, सोमबार १२:४८ मा प्रकाशित

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डे कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।