३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले वैशाखमा राजीनामा दिने बताएका छन । उनको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरूसँगको छलफलमा उनले चैत मसान्तसम्म प्रशासनिक काम गर्ने र वैशाखमा राजीनामा दिने प्रस्ताव सुनाएका हुन। उनले आफूले यो अविधमा मुद्दाको सुनुवाइ नगर्ने समेत बताएको सर्वोच्चका एक न्यायाधीशले जानकारी दिएका छन ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मासँग जबराले वैशाखसम्म काम गर्न दिन भनेका हुन ।


जबराले अब गोलाप्रथाबाट पेसी तोक्ने प्रतिवद्धता पनि जनाएका छन। सुधारका कार्यक्रम लागू गर्न समय चाहिने भन्दै जबराले आफूलाई चैत मसान्तसम्म प्रशासनिक काम गर्न दिन न्यायाधीशहरूसमक्ष प्रस्ताव गरेका थिए। तर, राजीनामा दिने विषयमा लिखित सहमति भने नगर्ने उनको अडान छ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरूले भने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेका छन ।