कांग्रेसले बहुमतसहित कर्णाली प्रदेश सरकारमा दाबी गर्ने

होमल्याण्ड खबर

२०७८ कार्तिक १६ गते, मंगलवार १२:०५ मा प्रकाशित

 नेपाली कांग्रेसले कर्णाली प्रदेशमा बहुमतसहित सरकारमा दाबी गर्ने भएको छ । सत्ताको नेतृत्वबाट बाहिरिएको माओवादी केन्द्र समेतको समर्थनमा कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीबन बहादुर शाहीले सरकारको दाबी गर्न लागेका हुन ।

सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कर्णालीका प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आज साँझ ७ स्३० बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन ।

कांग्रेस सांसद हिम बहादुर शाहीले केन्द्रको गठबन्धन अनुसार कै सरकार बन्ने बताएका छन । सोही अनुसार माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ३ प्रदेश सभा सदस्यको समर्थन सहित कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वको दाबी गर्ने भएको हो।

कर्णालीमा कांग्रेसका ६ सांसद छन।  ३५ जना प्रदेश सभा सदस्य रहेको कर्णालीमा बहुमतका लागि १८ सांसद आवश्यक पर्छ।