३० फाल्गुन २०८२, शनिबार
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएकाछन् ।
तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने बताए । गृह जिल्ला रौतहट पुग्नुभएका नेता नेपालले अहिले अर्ली इलेक्सन आवश्यक नभएको उल्लेख गरेकाछन् । चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उहाँको जोड छ ।


प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले जिकिर गरे । उनले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको समेत धारणा राखे ।