राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त

होमल्याण्ड खबर

२०७८ कार्तिक १६ गते, मंगलवार १४:०२ मा प्रकाशित

कपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई आजै दिउँसो सपथग्रहणको तयारी भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्म लागि दिएको समयमा उनको मात्रै दाबी परेपछि राईलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।