३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी सम्झौता अनुमोदनका बारेमा देउवा र प्रचण्डको कुरा फरक रहेकाले दुईजनामध्ये एकजनाले झुटो बोलेको ओलीको भनाइ छ । उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएकोभन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ, दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’


केही दिन अघिमात्रै प्रधानमन्त्री देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताएका थिए ।तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दावी गरेका छन् ।