३० फाल्गुन २०८२, शनिबार
सरकारले प्रदेश–१ ,गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश– १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो।


उनीहरुलाई प्रदेश प्रमुख बनाउने मन्त्रिपरिषद बैठकको निर्णयको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको बताइएको छ ।
प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका पूर्वसभासद खापुङलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । यस्तै
कर्णालीमा नेकपा माओवादी केन्द्रनिकटका परियारलाई जिम्मेवारी दिइएको छ। उनी यसअघि प्रदेश २ का प्रदेश प्रमुख भइसकेका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रमुखमा कांग्रेस नेता तथा पूर्वसभासद जोशीलाई नियुक्त गरिएको छ । कांग्रेस बाजुराका पूर्वसभापति समेत रहेका उनी हालै कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।