प्रधानन्यायाधीशले बार अध्यक्षलाई भेट्न बोलाए, एक्लै नभेट्ने श्रेष्ठको अडान

होमल्याण्ड खबर

२०७८ कार्तिक २५ गते, बिहीबार १४:१६ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेटका लागि प्रहरीमार्फत् खबर पठाएका छन। तर, श्रेष्ठले आफूले एक्लै नभेट्ने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका छन । जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसमा नाराबाजी गरिरहेका बेला उनले बार अध्यक्षलाई आफूसँगको भेटका लागि आउन भन्दै प्रहरीमार्फत् खबर पठाएका थिए ।

प्रधानन्यायाधीशको उक्त खबरपछि आन्दोलन झन् आक्रामक बनेको छ। कानुन व्यवासायीहरूले भोलिदेखि प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले जबरालाई गेटमै रोकेर भित्र छिर्न नदिने चेतावनी दिएका छन। नेपाल बारका अध्यक्ष श्रेष्ठले पनि जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने चेतावी दिइसकेका छन।

आज कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमै ‘धकेलाधकेल’ भएको थियो। त्यसक्रममा नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलसहित ६ जना कानुन व्यवासायी घाइते भएका छन ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक पहिलो सातादेखि कानुन व्यवसायी आन्दोलित छन।