कात्तिक ३० गते नेपाल बन्द

होमल्याण्ड खबर

२०७८ कार्तिक २५ गते, बिहीबार १५:१३ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्य जारी गरेर नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

‘विप्लव’ समूहले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार कात्तिक २५ गते अपरान्ह ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार प्रसार र साँझ मसाल जुलुस, कात्तिक २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र  कात्तिक २९ गते दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकाल्ने र कात्तिक ३० गते नेपाल बन्द गरिनेछ ।