३० फाल्गुन २०८२, शनिबार
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश–१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
मन्त्रिपरिषद् बैठक एंव सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार प्रदेश–१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन्।


राष्ट्रपति भण्डारीले प्रदेश–१ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।