३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन् । नेपाल बार एसोसियनको धर्नाका बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका हुन् ।
जबरालाई प्रवेश गर्न नदिन मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर प्रधानन्यायाधीश जबरा एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।


प्रधानन्यायाधीश पक्षका अन्य न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतमा पुगेका थिए ।
सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि बाहिरी गेटतर्फ प्रर्दशन गर्न अगाडि बढेका आन्दोलनरत पक्षका कानुन व्यवसायी र विपक्षका कानुन व्यवसायीहरु बीच झडप समेत भएको थियो ।