आन्दोलनरत न्यायाधीशद्वारा सबै इजलास बहिस्कार, बन्दीका मुद्दा समेत हेरेनन्

होमल्याण्ड खबर

२०७८ कार्तिक २६ गते, शुक्रबार १६:२० मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका सर्वोच्चका न्यायाधीशहरुले आजका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन । आज प्रधानन्यायाधीश जबराले आफू बाहेकका ८ वटा इजलास गठन गरेका थिए। जबराले न्यायाधीश हरिकृष्ण कार्कीको एउटा मात्रै एकल र अन्य ७ वटा संयुक्त इजलास गठन गरेका थिए ।

जबराले शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणका रिटसहित अन्य मुद्दा पनि सुनुवाइका लागि पेसी तोकेका थिए। तर, न्यायाधीशहरुले भने बन्दीका मुद्दा समेत हेरेनन् ।