सर्वोच्चमा अदालत परिसरमा प्रधानन्यायाधीशविरुद्ध धर्ना सुरु

होमल्याण्ड खबर

२०७८ कार्तिक २८ गते, आईतवार १०:५७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्ना सुरु गरेका छन् । शुक्रबार गेटबाहिर धर्ना गरेका उनीहरू आज अदालत परिसरको मूल गेटमै धर्ना दिएका हुन् ।

उनीहरू अहिले सर्वोच्च अदालत परिसरभित्र मूल गेटमा धर्नामा धर्ना बसेका छन् । प्रधानन्यायाधीश जाने आउने एक नम्बरको गेटमा भने प्रहरीले धर्ना बस्न दिएका छैनन् ।

प्रधानन्यायाधीश जबराका समर्थकहरू भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।