कांग्रेसको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्‍याउनुपर्छ : प्रकाशमान

होमल्याण्ड खबर

२०७८ कार्तिक २९ गते, सोमबार १४:१४ मा प्रकाशित

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको बताएका छन । काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले कांग्रेस कमजोर भएको उल्लेख गर्दै १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका हुन ।

कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गरेको उनले बताए । उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्‍याउनुपर्ने बताए ।

‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ। लुकाएर लुक्ने कुरा होइन,’ सिंहले भने, ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४ औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु ।’

उनले सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको पनि बताएका छन्। उनले प्रजातन्त्र कष्ट गरेर आएको पनि बताए ।