सांस्कृतिक सम्पदाले देश विकासमा महत्वपूर्ण सहयोग पुऱ्याउँछ : ऊर्जामन्त्री

होमल्याण्ड खबर

२०७८ कार्तिक २९ गते, सोमबार १५:५४ मा प्रकाशित

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले देशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुऱ्याउने बताएकी छन । आज ललितपुर महानगरपालिका–८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन। त्यस्तै उनले कला र सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको संवद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले उक्त मन्दिरको ४ करोड रुपैयाँ लागत रहेकाले तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै उक्त मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरिने बताइन । मन्दिर २०७२ सालको भूकम्पले भत्किएको थियो ।

करिब ३८८ वर्ष पहिले पुनर्निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले उक्त मन्दिर जीवन संस्कृतिसँग जोडिएकाले पुनर्निर्माणसँगै मन्दिरको ऐतिहासिक अन्वेषण हुने बताइन ।

मन्दिर पुनर्निर्माण गत भदौ ३ गतेदेखि नै चालु रहे पनि आबाट औपचारिक थालनी गरिएको हो ।