३० फाल्गुन २०८२, शनिबार
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । उनले विश्वासको मतका लागि प्रस्ताव टेबल गर्दै प्रदेश सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको छ । कुल ९२ प्रदेशसभामा सदस्यमा ७९ जना सदस्यले मतदानमा भाग लिएका थिए ।


सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले मुख्यमन्त्रीले पाएको मत बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए ।
पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।