३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज ९शुक्रबार०देखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु हुँदैछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन हुने जानकारी दिएका हुन् । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौँमा हुने कार्यतालिका छ ।
तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।


‘सबैजसो जिल्लामा वडा र पालिकास्तरका अधिवेशन सम्पन्न भएका छन्, विवाद देखापरेका जिल्लामा निर्वाचन समितिले थप निर्णय र निर्देशन दिनेछ,’ प्रवक्ता शर्माले भने, ‘तर पनि समस्या समाधान भएका जिल्लाहरुमा प्रदेशस्तरका निर्वाचन गर्दछौं ।’ उनका अनुसार तीन सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।