रामदेव त वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेछन् : प्रचण्ड

होमल्याण्ड खबर

२०७८ मंसिर ३ गते, शुक्रबार १३:२३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेको बताएका छन । आज पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको बताएको हुन ।

‘सुरूसुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने ।

रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भुमिका रहेको बताए ।

हिजो काठमाडौं आएका बाबा रामदेवले हिजो नै खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए ।