चौथौ चरणको आन्दोलन घोषणा गर्न बारको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ मंसिर ३ गते, शुक्रबार १४:३९ मा प्रकाशित

 नेपाल बार एसोसिएसनको पदाधिकारी बैठक बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चौथौ चरणको आन्दोलन घोषणा गर्न बारको कार्यसमितिसँगै सल्लाहकार र सर्वोच्च बारको कार्यसमितिसहित सल्लाकारको बैठक बस्न लागेको बताइएको छ ।

बारले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिँदै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम सकिदा पनि प्रधानन्यायाधीशले राजीनामा नदिएपछि चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न आकस्मिक बैठकमा बस्न लागेका हुन् ।