एमालेको अध्यक्षमा उम्मेदवार घोषणा गर्ने रावलको तयारी

होमल्याण्ड खबर

२०७८ मंसिर ५ गते, आईतवार १४:१८ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । उनले आइतबार एक कार्यक्रमका बीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकीन्द्र कुँवरले जानकारी दिए ।

‘नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलको उम्मेदवारी घोषणा गर्न विशेष पत्रकार सम्मेलन आयोजना हुने भएकाले सम्पूर्ण संचारकर्मीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,’ उनले भने ।

रावलले टिम बनाएर चुनावमा जाने तयारी गरेको हुन् । एमालेको १० औँ महाधिवेशन चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने भएको छ ।

उपाध्यक्ष रावलले उम्मेदवारी दिने घोषणा गरेसँगै केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने बाटो रोकिने भएको छ ।