प्रधानन्यायाधीशले तोके ४५४ वटा मुद्दामा पेसी

होमल्याण्ड खबर

२०७८ मंसिर ६ गते, सोमबार ११:१५ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार पनि पेसी तोकेका छन् । ११ वटा संयुक्त र एउटा एकल इजलास तोकेका जबराले ४५४ वटा मुद्दामा पेसी तोकेका छन्। प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् ।

अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन् ।

गत बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । उक्त विषय राजपत्रमा प्रकाशित नहुँदासम्म प्रधानन्यायाधीशले नै पेसी तोक्ने छन्।