एमाले स्थायी कमिटी बैठक स्थगित

होमल्याण्ड खबर

२०७८ मंसिर ६ गते, सोमबार १५:४१ मा प्रकाशित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार तीन बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएको हाे ।

बैठक मंगलबार बिहान ११ बजे बस्ने एमालेले जनाएको छ । स्थायी कमिटी बैठकले १०औं महाधिवेशनको तयारीका बारेमा छलफल र ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने छ ।

एमालेको विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।