प्रधानमन्त्री देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार ०८:२७ मा प्रकाशित

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएका हुन्।
सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए।

कांग्रेस नेता तथा देउवा पत्नीसमेत रहेकी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्।
कांग्रेसको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।