एमाले नेता सुवास नेम्वाङको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार ११:४८ मा प्रकाशित

चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो’, उनले भने । संसदीय दलका उपनेता नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताए । ‘अहिलेसम्म साथीहरुको सल्लाह तपाईंले वरिष्ठमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । अव साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु’, नेम्वाङको भनाइ छ ।

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।