जबराविरुद्ध बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार १४:१४ मा प्रकाशित

नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ।

बारका अध्यक्ष श्रेष्ठले मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिएका छन । नागरिक समाजका सदस्यसहित ९ गते २ बजे बालुवाटारसम्म मार्च पास गरिनेछ। जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने भएको छ,उनले भने।

प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च अदालत प्रवेश गरिरहेकाले त्यसलाई रोक्न मार्चपास गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।