प्रधानमन्त्री देउवा र आन्दोलनरत कानुन व्यवसायीहरुको छलफल सुरु

होमल्याण्ड खबर

२०७८ मंसिर १० गते, शुक्रबार १२:३६ मा प्रकाशित

 प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागी छन् । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।