काँग्रेसबाट मुलुक परिवर्तनको अपेक्षा गर्न नसकिने डा. भट्टराईको जिकिर

होमल्याण्ड खबर

२०७८ मंसिर १२ गते, आईतवार १३:५० मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसबाट मुलुक परिवर्तनको अपेक्षा गर्न नसकिने जिकिर गरेका छन् ।

जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले उक्त अभिब्यक्ति दिएका हुन् । काँग्रेस जति नै पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने उनले बताएका छन् ।

भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको समेत बताए । ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ,’ उनले भने । नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको उनले बताएका छन् ।