३० फाल्गुन २०८२, शनिबार
नेकपा (एमाले)को अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलपछि केपी शर्मा ओलीले पनि उम्मेदवारी दिएका हुन् ।
निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् । सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।


महाधिवेशन उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ । भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।