३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ ।
केन्द्रीय निर्वाचन आयोगको पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिएको थियो भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ ।


बिहान १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइएको छ । बिहान १२स्५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।