३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको प्रदेश अधिवेशन फेरि सरेको छ । सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको हो।
यसअघि तय गरिएको कार्यतालिकाअनुसार मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने भनिएको थियो। आज भएको सहमति अनुसार अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गर्ने तय भएको बताइएको छ ।


कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।